

देवचुली । देवचुली-१७ बरटाँडीमा संचालन भएको सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि देवचुली-१ केउरानीले जितेको छ । नयाँ वर्ष २०८३ अवसरमा बरटाँडी युवा क्लब, देवचुली-१७ द्वारा जीवन ज्योति आधारभूत विद्यालयको खेलमैदानमा संचालन भएको प्रतियोगितामा फाराम खेलकुद विकास समितिलाई हराउँदै देवचुली-१ केउरानी उपाधि जित्न सफल भएको हो ।

प्रतियोगिताको फाइनल खेलमा देवचुली-१ ले फारामलाई ट्राइबेकरमा ३-२ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछी खेल ट्राइबेकरमा गएको थियो ।
प्रतियोगिताको उपाधी बिजेता देवचुली-१ ले ४० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता फाराम खेलकुद विकास समितिले २५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यसै गरि फाराम खेलकुद विकास समितिका सन्दिप तामाङ उत्कृष्ट खेलाडी, प्रगतिकला मन्दिर युवा क्लबका सुमन आले सर्वाधिक गोलकर्ता र देवचुली-१ का अनुज माझी सर्वोकृष्ट गोलरक्षक भएका क्लबका अध्यक्ष मनबहादुर बिक ( मनोज) ले जानकारी दिए । प्रतियोगितामा नवलपुरका १६ टिमको सहभागिता रहेको थियो ।