आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

सेभेन ए साइड नकआउट फुटबल : देवचुली-१ र फाराम खेलकुद विकास समिति फाइनल प्रवेश

    प्रकाशित २०८३ बैशाख ५, शनिबार (१ महिना अघि)


देवचुली । देवचुली-१७ बरटाँडीमा जारी सेभेन ए साइड नकआउट फुटबल प्रतियोगितामा शनिबारको खेलबाट देवचुली-१ केउरानी र फाराम खेलकुद विकास समिति फाइनल प्रवेश गरेका छन् । नयाँ वर्ष २०८३ अवसरमा बरटाँडी युवा क्लब, देवचुली-१७ द्वारा जीवन ज्योति आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता संचालन गरिएको हो ।

प्रतियोगितामा शनिबार युनाइटेड देवचुली-१ केउरानीका विरुद्ध अभिषेक चर्च रजहर बिच भएको पहिलो सेमिफाइनल खेलमा देवचुली-१ केउरानी विजयी भएको हो । केउरानीले अभिषेक चर्छ रजहरलाई २-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । त्यसै गरि प्रगतिकला मन्दिर युवा क्लबका विरुद्ध फाराम खेलकुद विकास समितिबीच भएको दोस्रो सेमिफाइनल खेलमा फाराम विजयी भएको हो । फारामले प्रगतिकलालाई ट्राइबेकरमा हराउँदै फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट १/१ को बराबरी गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले २५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा हरेक दिनको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष मनबहादुर बिक ( मनोज) ले जानकारी दिए । प्रतियोगिता अन्तर्गत सोमबार देवचुली-१ केउरानीका विरुद्ध फाराम खेलकुद विकास समितिबीच फाइनल खेल हुने आयोजकले जनाएको छ ।

Write your Comment