आज:  २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026 Search
FLASH NEWS

सेभेन ए साइड नकआउट फुटबल : सोमबार ब्रदर्श स्पोर्ट्स जोन र प्रगतिकला मन्दिर युवा क्लब विजयी

    प्रकाशित २०८३ बैशाख १, मंगलबार (१ महिना अघि)


देवचुली । देवचुली-१७ बरटाँडीमा जारी सेभेन ए साइड नकआउट फुटबल प्रतियोगितामा सोमबार ब्रदर्श स्पोर्ट्स जोन र प्रगतिकला मन्दिर युवा क्लब विजयी भएका छन् । नयाँ वर्ष २०८३ अवसरमा बरटाँडी युवा क्लब, देवचुली-१७ द्वारा जीवन ज्योति आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता संचालन गरिएको हो ।


प्रतियोगितामा सोमबार अभिषेक चर्च रजहरका विरुद्ध ब्रदर्श स्पोर्ट्स जोन कावासोतीबिच भएको खेलमा ब्रदर्श स्पोर्ट्स जोन विजयी भएको हो । ब्रदर्श स्पोर्ट्स जोनले अभिषेक चर्चलाई ३-० गोल अन्तरले विजयी हुँदै ब्रदर्श स्पोर्ट्स जोन दोस्रो चरणमा प्रवेश गरेको हो । त्यसै गरि सोमबार नै भएको दोस्रो खेलमा आयोजकलाई हराउँदै प्रगतिकला मन्दिर युवा क्लब विजय भएको छ । प्रगतिकलाले आयोजकलाई ४-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।


प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले २५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा हरेक दिनको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष मनबहादुर बिक ( मनोज) ले जानकारी दिए ।

Write your Comment