

देवचुली । देवचुली-१७ बरटाँडीमा जारी सेभेन ए साइड नकआउट फुटबल प्रतियोगितामा आइतबार कदमपुर र फाराम खेलकुद विकास समिति विजयी भएका छन् । नयाँ वर्ष २०८३ अवसरमा बरटाँडी युवा क्लब, देवचुली-१७ द्वारा जीवन ज्योति आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता संचालन गरिएको हो ।

प्रतियोगितामा आइतबार झाक्रे युवा क्लबका विरुद्ध कदमपुर बिच भएको खेलमा कदमपुर विजयी भएको हो । कदमपुरले झाक्रेलाई १-० गोल अन्तरले विजयी हुँदै कदमपुर दोस्रो चरणमा प्रवेश गरेको हो । त्यसै गरि आइतबार नै भएको दोस्रो खेलमा योङ स्टारलाई हराउँदै फाराम खेलकुद विकास समिती विजय भएको छ । फारामले योङ स्टारलाई १-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले २५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा हरेक दिनको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष मनबहादुर बिक ( मनोज) ले जानकारी दिए ।