

देवचुली । देवचुली-१७ बरटाँडीमा जारी सेभेन ए साइड नकआउट फुटबल प्रतियोगितामा शनिबार गैंडाकोट-१० र युनाइटेड क्लब गिरबारी विजयी भएका छन् । नयाँ वर्ष २०८३ अवसरमा बरटाँडी युवा क्लब, देवचुली-१७ द्वारा जीवन ज्योति आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता संचालन गरिएको हो ।

प्रतियोगितामा शनिबार प्रगतिशिल युवा क्लबका विरुद्ध गैंडाकोट-१० बिच भएको खेलमा गैंडाकोट-१० विजयी भएको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएसँगै ट्राइबेकरमा जित निकाल्दै गैंडाकोट-१० दोस्रो चरणमा प्रवेश गरेको हो । त्यसै गरि शनिबार नै भएको दोस्रो खेलमा सेन ट्राभल्स फुटबल क्लबलाई हराउँदै युनाइटेड क्लब गिरवारी विजय भएको छ । युनाइटेडले सेन ठकुरी ट्राभल्सलाई २-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले २५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा हरेक दिनको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष मनबहादुर बिक ( मनोज) ले जानकारी दिए । प्रतियोगितामा आइतबार झाक्रे युवा क्लबका विरुद्ध कदमपुर मामा भान्जा फुटबल क्लब र फाराम खेलकुद विकास समितिका विरुद्ध योङ्ग स्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।