

देवचुली । देवचुली-१७ बरटाँडीमा सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८३ अवसरमा बरटाँडी युवा क्लब, देवचुली-१७ द्वारा जीवन ज्योति आधारभूत विद्यालयको खेलमैदानमा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उदघाटन खेलमा बरटाँडी युवा क्लब बी लाई हराउँदै जुकेपानी चर्च विजयी भएको छ । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएसँगै ट्राइबेकरमा जित निकाल्दै जुकेपानी चर्च दोस्रो चरणमा प्रवेश गरेको हो । त्यसै गरि शुक्रबार नै भएको खेलमा फाराम खेलकुद विकास समितिलाई हराउँदै देवचुली-१ केउरानी विजय भएको छ । केउरानीले फारामलाई २-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले २५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा हरेक दिनको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष मनबहादुर बिक ( मनोज) ले जानकारी दिए ।