

देवचुली । देवचुली-१७ बरटाँडीमा सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०८३ अवसरमा बरटाँडी युवा क्लब, देवचुली-१७ द्वारा चैत २७ गतेबाट जीवन ज्योति आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता संचालन गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले २५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा हरेक दिनको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष मनबहादुर बिक ( मनोज) ले जानकारी दिए । खेलमा टिम दर्ताका लागि ४ हजार रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि ९८२१५२२६६४, ९८६९२९१६२५ र ९८२९१५६६८४ मा सम्पर्क गर्न सकिनेछ ।