आज:  २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026 Search
FLASH NEWS

देवचुली-१० मा भान्सा सुधार सम्बन्धि अभिमुखिकरण सम्पन्न

    प्रकाशित २०८२ चैत्र २५, बुधबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १० मा स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि भान्सा सुधार सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । देवचुली नगरपालिका आयुर्वेद शाखाले भान्सा मार्फत स्वस्थकर जीवन जिउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

देवचुली नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडाका महिलाहरुको सहभागिता रहेको थियो । भान्साकै कारण पनि हाम्रा कतिपय रोग नियन्त्रण हुन सक्ने भएको हुँदा नागरिकहरुमा जनचेतना फैलाउनका लागि समुदायस्तरमा कार्यक्रम गरिएको देवचुली नगरपालिकाका आयुर्वेद शाखा प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भान्सामा काम गर्नुहुने दिदीबहिनीहरुलाई आफ्ना आनीबानी सुधार्न आग्रह गर्दै स्वस्थ्यकर खानपानमा जोड दिनका लागि सचेतना प्रदान गरिएको हो ।

कार्यक्रममा आयुर्वेद शाखा प्रमुख तथा वरिष्ठ कविराज निरीक्षक कृष्ण प्रसाद शर्मा र वरिष्ट वैद्य  सविता शर्माले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य, वडा सचिव लगायत महिलाहरुको उपस्थिति रहेको थियो ।

Write your Comment