आज:  २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026 Search
FLASH NEWS

पृथ्वी माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा हरिबहादुर घर्ती मगर सर्वसम्मत चयन

    प्रकाशित २०८२ चैत्र १८, बुधबार (१ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १० स्थित पृथ्वी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ। बुधबार बसेको अभिभावक भेलाले हरिबहादुर घर्ती मगरको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको हो ।

देवचुली नगरपालिकाको शिक्षा ऐनअनुसार अभिभावकबाट चयन गर्नुपर्ने चार जना र उनीहरुले छानेको दुईजना गरी ६ जना र उनीहरुले छान्ने एकजना अध्यक्ष छानिने व्यवस्था रहेको छ । विद्यालय व्यवस्थापन समितिको सदस्यमा गंगा गौडेल, शोभा बिक, डण्डापानी न्यौपाने, सन्तोष न्यौपाने र टेकमाया सारु मगर सर्वसम्मत चयन हुनुभएको हो ।

बुधबार नै परशुराम भट्टराईको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ । जसको सदस्यमा सुर्यप्रसाद भट्टराई, कमला चापगाई तिवारी, रिता खनाल भुसाल, लक्ष्मी थापा, पार्वती भुर्तेल, काशीराम भुसाल, लक्ष्मी न्यौपाने र माधवप्रसाद सुबेदी चयन हुनु भएको विद्यालयका प्रधानाध्यापक रनबहादुर आलेले जानकारी दिनुभयो ।

Write your Comment