आज:  २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026 Search
FLASH NEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ

    प्रकाशित २०८२ चैत्र १४, शनिबार (१ महिना अघि)


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले ओली पक्राउ गरेको पुष्टि गरे । ‘हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिएका छौं’ ती अधिकृतले भने । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

Write your Comment