आज:  २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026 Search
FLASH NEWS

जगदम्बा स्टिलमा क्रिकेट प्रतियोगिता सुरु, १० टिम प्रतिस्पर्धामा

    प्रकाशित २०८२ फागुन १०, आईतबार (१ महिना अघि)


सिमरा, बारा । जगदम्बा स्टिल लिमिटेडद्वारा आन्तरिक डिपार्टमेन्टल नकआउट क्रिकेट प्रतियोगिता सुरु गरिएको छ। उद्योगमा कार्यरत कर्मचारीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै स्वास्थ्य, खेलकुद र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक टिमले जनाएको छ।

प्रतियोगितामा कम्पनीका विभिन्न विभागबाट कुल १० वटा टिम सहभागी रहेका छन्। नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक खेल जित्ने टिम मात्र अर्को चरणमा प्रवेश गर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा मानव संसाधन विभाग र WRM टिमबीच प्रतिस्पर्धा भएको थियो, जसमा WRM टिम विजयी भएको आयोजकले जनाएको छ। त्यसैगरी दोस्रो खेल स्टोर विभाग र सेल्स एण्ड डिस्प्याच टिमबीच भएको प्रतिस्पर्धामा सेल्स एण्ड डिस्प्याच टिम विजयी भएको छ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरिनेछ। साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) लाई नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द सिरिज’ घोषणा गरी नगद पुरस्कार प्रदान गरिनेछ।

यस्ता आन्तरिक खेलकुद कार्यक्रमले कर्मचारीहरूको मनोबल उच्च बनाउने, टिमवर्कको भावना विकास गर्ने तथा कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

प्रतियोगिताका खेलहरू सिमरा स्थित औराहा खेलमैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगिता केही दिनसम्म जारी रहने तथा फाइनल खेल भव्य रूपमा सम्पन्न गरिने आयोजकले जानकारी दिएको छ।

Write your Comment