आज:  २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026 Search
FLASH NEWS

तेस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता: आइतबार देवचुली ७ र देवचुली १६ विजयी

    प्रकाशित २०८२ फागुन १०, आईतबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित तेस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा आइतबार देवचुली ७ र देवचुली १६ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २९ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।

प्रतियोगितामा आइतबार देवचुली १ का विरुद्ध देवचुली १६ बिचको पहिलो खेलमा देवचुली १६ ले ८८ रनको जित निकालेको हो । पहिले ब्याटिङ गरेको देवचुली १६ ले मुनाल लुंगेलीको ६१ रन र सुदीप अर्यालको ४५ रनको मदतले २० ओभरमा ३ विकेट गुमाई १८४ रन बनाएको थियो । बलिङतर्फ देवचुली १ का अर्जुन चौधरी र देव पाण्डेले १/१ विकेट लिएका थिए ।

१८५ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले १ ले १६.४ ओभरमा गुमाउँदै ९६ रन मात्रै बनाएको हो । देवचुली १ का देव पाण्डेले ३८ रन र दिपेन बुढाथोकीले १२ रन बनाएका थिए। बलिङ तर्फ देवचुली १६ का विकल्प पौडेलले ३ विकेट र विपिन लामिछानेले १ विकेट लिएका थिए । पहिलो खेलमा देवचुली १६ का मुनाल लुंगेली म्यान अफ दि म्याच भएका थिए।

त्यसै गरि प्रतियोगिता अन्तरगत आइतबार नै भएको देवचुली ३ का विरुद्ध देवचुली ७ बीचको खेलमा देवचुली ७ ले ५१ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली ७ ले ओमन सेन्चुरीको ६३ रन र अशोक भट्टराईको ३५ रनको मदतले २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । बलिङतर्फ देवचुली ३ का श्याम काफ्ले र सुरेश थापाले २/२ विकेट लिएका थिए । १७२ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली ३ ले २० ओभरमा ८ विकेटको क्षतिमा १२० रन मात्र बनाएको हो । देवचुली ३ का सुरेश थापाले ३२ रन र निशान भट्टले २० रन बनाएका थिए । बलिङतर्फ देवचुली ७ का पुजन भुसालले ३ विकेट र विवेक काफ्लेले २ विकेट लिएका थिए । दोस्रो खेलमा देवचुली ७ का ओमन सेन्चुरी म्यान अफ दि म्याच भएका थिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २२ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत सोमबार देवचुली ३ का विरुद्ध देवचुली १५ बिच पहिलो खेल र देवचुली १३ का विरुद्ध देवचुली १६ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।

Write your Comment