आज:  २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026 Search
FLASH NEWS

कर्णालीबाट रास्वपाको १०० बुँदे वाचापत्र सार्वजनिक (पूर्णपाठ)

    प्रकाशित २०८२ फागुन ७, बिहिबार (१ महिना अघि)


सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक गरेको छ ।

वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन् ।

पार्टीका अनुसार वाचापत्रमा भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाइएको छ । सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण तथा कर्णाली केन्द्रित विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ ।

रास्वपाका नेताहरूले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैलीमा काम गर्ने दाबी गर्दै सार्वजनिक गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न स्पष्ट समयसीमा निर्धारण गरिने र प्रभावकारी अनुगमन संयन्त्र समेत निर्माण गरिने बताएका छन् ।

पार्टीले कर्णाली प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राख्दै स्थानीय स्रोत–साधनको उपयोग, रोजगारी वृद्धि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

हेर्नुहोस् रास्वपाको चुनावी वाचापत्र–

Write your Comment