आज:  २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026 Search
FLASH NEWS

देवचुलीमा तेस्रो वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिता सुरु, उदघाटन खेलमा देवचुली-१० विजयी

    प्रकाशित २०८२ माघ २९, बिहिबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा तेस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा बिहीबारबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको आयोजना गरिएको हो ।प्रतियोगिताको देवचुली नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले समुदघाटन गर्नुभएको हो ।

प्रतियोगितामा देवचुली ५ का विरुद्ध देवचुली १० बिचको उदघाटन खेलमा देवचुली १० ले १० विकेटको जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको देवचुली ५ ले सरोज चापागाईको १५ रन र अमृत थापा मगरको ६ रनको मदतले ११.४ ओभरमा १० विकेट गुमाउँदै ४९ रन बनाएको थियो । देवचुली १० का जग बहादुर क्षेत्रीले ५ विकेट, अमृत भुसालले २ विकेट लिएका थिए ।

५० रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले १० ले बिना विकेटको क्षतिमा ५५ रन बनाउँदै १० विकेटको जित निकालेको हो । देवचुली १० का श्रवण श्रेष्ठले २७ रन र किरण शर्माले ११ रन बनाएका थिए। प्रतियोगितामा देवचुली १० का जग बहादुर क्षेत्री म्यान अफ दि म्याच भएका थिए।

प्रतियोगितामा देवचुली नगरका १३ वडाबीच प्रतिष्पर्धा रहेको आयोजकले जनाएको छ । लिगका आधारमा खेलाइने खेलमा १३ वटा वडाले मात्र टिम दर्ता गराएको र दर्ता भएको टिमलाई ३ समुहमा विभाजन गरिएको हो । समुहमा ए मा देवचुली २, देवचुली ३, देवचुली ७, देवचुली १२ र देवचुली १५ रहेको छ भने समूह बी मा देवचुली १, देवचुली १३, देवचुली १४ र देवचुली १६ रहेको छ । त्यसै गरि समुह सी मा देवचुली ५, देवचुली १०, देवचुली ११ र देवचुली १७ रहेका छन् । समुहमा रहेका टिमबीच प्रतिष्पर्धा गर्दै प्रत्येक समुहको बिजेता र उपबिजेता दोस्रो चरणमा प्रवेश गर्ने आयोजक संस्थाका सचिव प्रकाश काफ्लेले जानकारी दिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २२ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत शुक्रबार देवचुली २ का विरुद्ध देवचुली १२ बिच खेल हुने आयोजकले जानकारी दिए ।

देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपक चन्द्र भट्टराईको अध्यक्षतामा भएको प्रतियोगिता समुदघाटन समारोहमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल, देवचुली १५ वडा अध्यक्ष सुरेश रानाभाट, नगर युवा तथा खेलकुद विकास समितिका पदाधिकारी, वडा खेलकुद विकास समितिका सदस्यहरू लगायत खेलप्रेमीको उपस्थिति रहेको थियो । देवचुली नगर युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष अमरबहादुर घर्ती मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव प्रकाश काफ्लेले गरेका थिए ।

Write your Comment