आज:  २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026 Search
FLASH NEWS

देवचुलीमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मानित

    प्रकाशित २०८२ माघ २७, मंगलबार (३ हफ्ता अघि)


देवचुली। देवचुली नगरपालिकाद्वारा शिक्षक तथा विद्यार्थीहरु सम्मानित गरिएको छ । कक्षा ५ को परीक्षा २०८१,कक्षा ८ को आधारभूत तह उतीर्ण परीक्षा २०८१ र एस ई ई २०८१ का उत्कृष्ट विद्यार्थी सम्मान,कक्षा १२ को उत्कृष्ट विद्यार्थी सम्मान,उत्कृष्ट क्षमता भएका विद्यार्थी सम्मान, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी सम्मान, विषयगत शिक्षक सम्मान, सर्वोकृष्ट लेखापाल, कर्मचारी तथा बाल विकास सहजकर्ता सम्मान र तहगत उत्कृष्ट विद्यालय सम्मान गरिएको हो।

कक्षा ५ को परीक्षा २०८१ मा ४ जिपिए ल्याउने उत्कृष्ट विद्यार्थीहरुतर्फ नेपाल माध्यमिक विद्यालयका इशुप मिया, रोजिता बिक, भीमसेन आदर्श माध्यमिक विद्यालयका मनबहादुर दमै, मनकामना आधारभूत विद्यालयकी सायरा थापा, जन ज्योति माविका मान्वी पाण्डे, प्रवेश भुर्तेल र पृथ्वी माध्यमिक विद्यालयका अंकित घर्ती मगरलाई सम्मान गरिएको छ । यसैगरि आधारभूत तह उतीर्ण परीक्षा २०८१ मा ४ जिपिए ल्याउने २७ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा नेपाल माध्यमिक विद्यालयका आरोसी पौडेल, अपेक्षा शर्मा, भविश्वर भट्टराई, प्राप्ति पौडेल, रन्जना भण्डारी, सरिस्मा चापागाई, तुलसा भुसाल, भीमसेन नमुना माध्यमिक विद्यालयका आयुस गौतम, अनुष्का भण्डारी, प्रिती न्यौपाने,सन्देश काफ्ले, सारिका न्यौपाने, श्रीमद चापागाई, सकलादेवी माध्यमिक विद्यालयका आकृती चपाई, रिजन राना, वरचुली माध्यमिक विद्यालयका कुलेन्द्र सारु मगर, सन्देश कुमार पण्डित, जन ज्योति नमुना माविका सबिना राना मगर, सन्ध्या सापकोटा, देवचुली माध्यमिक विद्यालयका अमृत गौतम, विकास यादव, जन ज्योति माध्यमिक विद्यालयका इभान्जेलिना दवाडी, मिथलेश कुमार शाह, विश्वज्योति माध्यमिक विद्यालयका आयुष सुवेदी, कृष्ण बास्तोला, मूनलाईट आदर्श पब्लिक एकेडेमीका विनायक सुनार र कुमारवर्ती इङ्गलिस बोर्डिङ स्कुलका सुवास चापागाई रहेका छन् । कक्षा ५ र आधारभूत तह उतिर्ण परीक्षाका ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद ३ हजार ५ सय रुपैयाँ सहित सम्मान गरिएको हो । एस ई ई २०८१ मा ४ जिपिए ल्याउने विद्यार्थीहरु विश्वज्योति माध्यमिक विद्यालयकी लक्ष्मी श्रेष्ठ, सुमिना केसी, जन ज्योति नमुना माध्यमिक विद्यालयकी अन्जु श्रेष्ठ, मुनलाइट आदर्श पब्लिक एकेडेमीकी रोसा नेपाली, भीमसेन आदर्श माध्यमिक विद्यालयकी सिम्जना भट्टराई लाई सम्मान गरिएको छ । उनीहरुलाई जनही २५ हजार नगद सहित सम्मान गरिएको हो । त्यसै गरि कक्षा १२ मा सर्वोेत्कृष्ट विद्यार्थीका रुपमा जन ज्योति माध्यमिक विद्यालयका प्रविन काफ्लेले सम्मानित भएका छन् ।

कार्यक्रममा कक्षा ५, आधारभूत तह उतीर्ण परीक्षा तथा एस ई ई परीक्षा नेपाली,अंग्रेजी,गणित,विज्ञान, सामाजिक र स्वास्थ्य विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई सम्मान गरिएको छ। कक्षा ५ मा भीमसेन आदर्श माध्यमिक विद्यालयका सुर्यप्रसाद पौडेल, जन ज्योति माध्यमिक विद्यालयका रिप्पल भुजेल, मनकामना आधारभूत विद्यालयका रोशन सोती, जन ज्योति माध्यमिक विद्यालयका कृष्ण काफ्ले, जनज्योति माध्यमिक विद्यालयका श्यामलाल न्यौपाने र भीमसेन आदर्श माध्यमिक विद्यालयका महेन्द्र बिक सम्मानित भएका छन् । आधारभूत तह तर्फ विश्व ज्योति माध्यमिक विद्यालयका जगन्नाथ पराजुली, विश्व ज्योति माध्यमिक विद्यालयका नारायण काफ्ले, विश्व ज्योति माध्यमिक विद्यालयका सुशील गिरी, वरचुली माध्यमिक विद्यालयका यामनाथ गौतम, विश्व ज्योति माध्यमिक विद्यालयका शेष नारायण पौडेल सम्मानित भएका छन् भने एस ई ई तर्फ सकलादेवी माध्यमिक विद्यालयका मालती घिमिरे, विश्वज्योति माध्यमिक विद्यालयका रामकुमार बराइली, जीवन ज्ञवाली, सुर्यबहादुर परियार र शर्मिला पौडेल धिताल सम्मानित भएका छन् । यसैगरि सर्वाेत्कृष्ट बाल विकास सहजकर्ताका रुपमा जन ज्योति माध्यमिक विद्यालयका मनिषा बस्याल, सर्वाेत्कृष्ट विद्यालय कर्मचारीतर्फ सुर्य किरण आधारभूत विद्यालयका हेमन्त पुलामी र सर्वाेत्कृष्ट लेखापालतर्फ देवचुली माध्यमिक विद्यालयका सन्तोष पुडासैनी सम्मानित भएका छन् ।

कार्यक्रममा गणित दौड प्रतियोगितामा आधारभूत तह (१-५) मा प्रथम हुने जन ज्योति नमुना माध्यमिक विद्यालयका रोशन सुनारी, द्वितीय हुने मनकामना आधारभूत विद्यालयका पवन टण्डन, तृतीय हुने विश्व ज्योति माध्यमिक विद्यालयका आशिष सुवेदी र सान्त्वना हुने जीवन ज्योति आधारभूत विद्यालयका सजनी तामाङ सम्मानित भएका छन् ।आधारभूत तह (६-८) स्पेलिङ्ग कन्टेक्स प्रतियोगिता तर्फ भीमसेन आदर्श माध्यमिक विद्यालयका प्रशान्त भण्डारी, विप्सन गैरे, दिपिका पाण्डे, द्धितीय विश्व ज्योति माध्यमिक विद्यालयका अभिनव भुर्तेल, सिद्धान्त शर्मा, अनुष्का काफ्ले, तृतीय जन ज्योति माध्यमिक विद्यालयका मान्वी पाण्डे, प्रतीक ढकाल, अरविन जैसी पराजुली र सन्तवना सकला माध्यमिक विद्यालयका समीक्षा बसेल, रेनुका राना, स्वर्णिमा रेग्मी सम्मानित भएका हुन् ।माध्यमिक तहको कक्षा (९-१०) तर्फ कविता प्रतियोगितामा प्रथम हुनेमा वाइज भिजन इङ्लिस बोर्डिङ स्कुलका प्रिस्किला बराम, द्वितीय पशुपति साङ्ग्वेद माध्यमिक विद्यालयका प्रसिर गैरे, तृतीय सकलादेवि माध्यमिक विद्यालयका स्वर्णिमा रेग्मी र सान्त्वना भीमसेन आदर्श माध्यमिक विद्यालयका सलिना परियार र वरचुली माध्यमिक विद्यालयका प्राप्ती खतिवडा सम्मानित भएका छन् ।

कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई स्वर्ण पदक विजेतालाई सम्मान गरिएको थियो । त्यसै गरि आधारभूत तह (१-५) मा जन ज्योति माध्यमिक विद्यालय ,आधारभूत तह (कक्षा ८) मा विश्व ज्योति माध्यमिक विद्यालय, माध्यमिक तहमा विश्वज्योति माध्यमिक विद्यालय र कक्षा १२ मा देवचुली माध्यमिक विद्यालय सर्वोत्कृष्ट विद्यालयबाट सम्मानित भएका छन् ।

देवचुली नगरपालिकाको नगर प्रमुख हरिप्रसाद न्यौपाने अध्यक्षता भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य, नाटक लगायत प्रस्तुति गरेका थिए। देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठ, वडा अध्यक्षहरु, नगर शिक्षा समिति सदस्य, नगर युवा तथा खेलकुद विकास समितिका पदाधिकारी, सामुदायिक तथा संस्थागत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, नगर बाल संजालका प्रतिनिधि , अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकालले गर्नुभएको थियो ।

Write your Comment