आज:  २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026 Search
FLASH NEWS

दोस्रो देवचुली गोल्ड कप : मोनस्टर गाइज सुनवल फाइनल प्रवेश

    प्रकाशित २०८२ माघ २१, बुधबार (४ हफ्ता अघि)


देवचुली । देवचुली – १० मा संचालित भि एक्स एल एजुकेसन दोस्रो देवचुली गोल्डकप फुटबल प्रतियोगितामा मोनस्टर गाइज सुनवल फाइनल प्रवेश गरेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा नगर रंगशाला देवचुली-१० मा बुधबार भएको खेलमा मोनस्टर गाइज सुनवल विजयी हुँदै फाइनल प्रवेश गरेको हो ।


बुधबार मोनस्टर गाइज सुनवलका विरुद्ध गण्डकी प्रदेश पुलिस फुटबल क्लबबिच भएको दोस्रो सेमिफाइनल खेलमा मोनस्टर गाइज सुनवलले गण्डकी प्रदेश पुलिस फुटबल क्लबलाई १-० गोल अन्तरले हराउँदै फाइनलमा पुग्न सफल भएको हो । खेलमा मोनस्टर गाइज सुनवलका मनिष तामाङले १ गोल गरेका थिए । निर्णायक गोल गरेका मोनस्टर गाइज सुनवलका मनिष तामाङ म्यान अफ दि म्याच भएका थिए ।

१४ टिमको सहभागिता संचालन भइरहेको प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो । प्रतियोगितामा शनिबार अठ्ठाइस बिगाहा युवा क्लब कावासोतीका विरुद्ध मोनस्टर गाइज सुनवल बिच फाइनलको खेल हुने आयोजकले जनाएको छ ।


देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ ।

Write your Comment