आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन नवलपुरको अध्यक्षमा भण्डारी निर्वाचित

    प्रकाशित २०८२ माघ ५, सोमबार (३ हफ्ता अघि)


कावासोती । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन नवलपुरको अध्यक्षमा श्यामसुन्दर भण्डारी निर्वाचित भएका छन् । एसोसियसनको ८ औं जिल्ला अधिवेशन तथा १७ औं वार्षिक साधारण सभाबाट भण्डारीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।


नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन नवलपुरको अध्यक्ष र उपाध्यक्षमा सोमबार निर्वाचन भएको थियो । अध्यक्षमा निर्वाचित भण्डारीले मुरारीप्रसाद लम्साललाई हराएका हुन् । अध्यक्षमा निर्वाचित भण्डारीले ६६ मत ल्याउँदा उप-बिजेता लम्सालले २१ मत ल्याएका थिए । उपाध्यक्षमा जसबहादुर कुमाल विजयी भएका छन् । उपाध्यक्षमा निर्वाचित कुमालले ६६ मत ल्याई विजयी हुँदा उप बिजेता गंगाप्रसाद भट्टराईले २१ मत ल्याएका थिए ।

एसोसियसनको अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन गरिएको हो । सचिवमा रविलाल भुसाल, सह सचिवमा विरेन्द्र पण्डित, कोषाध्यक्षमा बेनुमाधव भट्टराई, सह-कोषाध्यक्षमा तिर्थराज पाण्डे, सदस्यमा मथुराप्रसाद श्रेष्ठ, मथुरा पुरी, अर्जुन प्रसाद सुवेदी, गंगादत्त शर्मा, दुर्गानाथ मरासिनी, गुमा लामिछाने र बिन्दु अधिकारी सर्वसम्मत चयन भएका हुन् ।


निर्वाचित कार्यसमितिको आज नै सपथग्रहण गराइएको हो । निर्वाचन समितिका संयोजक आनन्द प्रसाद बस्यालले नव निर्वाचित कार्य समितिलाई सपथ गराएका हुन् । ८ औं जिल्ला अधिवेशनमा आनन्द प्रसाद बस्यालको संयोजकत्वमा युक्तनारायण अर्याल र भरतराज बस्याल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

Write your Comment