आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

देवचुलीमा सवारी दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाइते

    प्रकाशित २०८२ माघ २, शुक्रबार (३ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर- ११ मा बोलेरो जीप र स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शुक्रबार राती १० बजेतिर देवचुली- ११ आश्रमचोक नजिक धारापानीबाट दलदले तर्फ आउँदै गरेको ग १ ज ५९३० नम्बरको बोलेरो जीप र दलदलेबाट धारापानीतर्फ जाँदै गरेको ग.प्र.०४-००१ प ९१०६ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मुसिकोट-८ रुकुम घर भई देवचुली-९ मामाघरमा बस्दै आएका २६ वर्षीय चेतनबहादुर खडकाको मृत्यु भएको हो ।

स्कुटर चालक खडकाको देवचुली नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । स्कुटरको पछाडी सवार रहेका देवचुली-८ का २१ वर्षीय नारायण परियारको बायाँ खुट्टामा चोट लागेको र देवचुली अस्पतालमा उपचार मा रहेका छन् । बोलेरो जीप र चालक बौदीकाली -१ का ३४ वर्षीय झमन सिं राना मगरलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Write your Comment