

देवचुली । नवलपुरको देवचुली नगरपालिकामा स्कारपियोको ठक्करबाट पैदकयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ करिब ७ बजेतिर देवचुली नगरपालिका–१४ देवचुली चोक स्थित पूर्व–पश्चिम राजमार्गमा कावासोतीबाट दलदलेतर्फ आउँदै गरेको बा १६ च ४७४० नम्बरको स्कारपियोले पैदलयात्री सोही ठाउँकी ४२ वर्षीया जया लम्साललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
स्कारपियोको ठक्करबाट टाउको र अनुहारमा चोट लागेको उनको देवचुली अस्पताल दलदलेमा सामान्य उपचार पश्चात मध्यविन्दु अस्पताल पठाइएको थियो । प्रहरीका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएको हो । ठक्कर दिने स्कारपियो र चालक मकवानपुर थाहा नगरपालिका–११ निवासी ४३ वर्षीय चन्द्रबहादुर गोलेलाई खोजतलासका क्रममा गैंडाकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।