

देवचुली । छैटौं देवचुली महोत्सव-२०८२ को अवसरमा संचालित अन्तर विद्यालय भलिबल प्रतियोगिताको उपाधि छात्रतर्फ भीमसेन आदर्श मावि र छात्रातर्फ वरचुली माविले जितेको छ । प्रतियोगिता अन्तरगत छात्रतर्फ भीमसेन आदर्श माविले देवचुली माविलाई हराएको हो भने छात्रातर्फ वरचुलीले पृथ्वी माविलाई हराउँदै उपाधी जित्न सफल भएको हो ।

छात्रतर्फ उपाधी जितेको भीमसेन आदर्श माविले २० हजार, उपबिजेता देवचुली माविले १० हजार र तृतीय हुने वरचुली माविले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । छात्रतर्फ ८ विद्यालयको सहभागिता रहेको थियो । छात्रतर्फको प्रथम पुरस्कार पाण्डे मौरीपालन स्रोत केन्द्र देवचुली-९, द्वितीय पुरस्कार रोजिना सुनचाँदी पसल र तृतीय पुरस्कार भुर्तेल सिसा पसल दलदलेले सौजन्य गरेको खेल संयोजक चिरञ्जीवी पाण्डेले जानकारी दिए ।

त्यसै गरि छात्रातर्फ उपाधि जितेको वरचुली माविले ६ हजार, उपबिजेता पृथ्वी माविले ४ हजार र तृतीय हुने भीमसेन आदर्श माविले २ हजार रुपैयाँ प्राप्त गरेका छन् । छात्रातर्फ ६ विद्यालयको सहभागिता रहेको थियो । छात्रातर्फको सम्पुर्ण पुरस्कार जागृति बाल तथा युवा सरोकार नेपालले सौजन्य गरेको थियो । प्रतियोगिताको उपाधी बिजेता छात्र/छात्रालाई पाण्डे मौरीपालन स्रोत केन्द्रले १/१ केजी मह समेत प्रदान गरेको हो ।