आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

तेस्रो पिप्रहर माघी मेला : पुरुष तथा महिला भोदी खेल प्रतियोगिता हुने

    प्रकाशित २०८२ पौष २८, सोमबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १७ संचालन हुन लागेको तेस्रो पिप्रहर माघी मेलामा भोदी खेल प्रतियोगिता हुने भएको छ । माघी पर्वको अवसरम पिप्रहर सामुदायिक होमस्टे ग्रामको आयोजनामा पौष ३० गतेबाट माघ २ गतेसम्म संचालन हुन लागेको माघी मेलामा पुरुष तथा महिला भोदी खेल प्रतियोगिता हुने भएको हो ।

थारु जातिको परम्परागत खेलको संरक्षण गर्न यस वर्षको माघी मेलाबाट भोदी खेल संचालन गर्न लागिएको हो । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समुहले ३० हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने समुहले नगद २० हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने, तृतीय हुने समुहले नगद १० हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र साथै सान्त्वना हुने समुहले नगद ३ हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरि महिलातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहले क्रमशः ८ हजार, ४ हजार, २ हजार र १ हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सोमनाथ महतोले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलमा सहभागी हुन पुरुषहरुका लागि २ हजार रुपैयाँ र महिलाहरुका लागि ५ सय रुपैयाँँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । पौष ३० गते महिलाहरुको भोदी खेल संचालन गरिने र माघ १ गते पुरुषहरुको भोदी खेल हुनेछ । महिला तथा पुरुष दुवै खेलको फाइनल माघ २ गते संचालन गरिनेछ ।

Write your Comment