आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न

    प्रकाशित २०८२ पौष २७, आईतबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार कालिका माविमा संस्थाको साधारणसभा गरिएको हो ।

विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भरतराज आचार्यको अध्यक्षतामा भएको साधारणसभामा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली-९ का वडा अध्यक्ष बलिराम सापकोटा, कार्यपालिका सदस्य मधुमाया गुरुङ, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको समुद्धाटन गर्नुभएका प्रमुख अतिथि न्यौपानेले आफ्नो मन्तव्य राख्दै विशालटार खानेपानी क्षेत्रभित्रका कुनै पनि विपन्न घरधुरीलाई खानेपानीबाट बन्चित नगर्न अनुरोध गर्नुभयो। खानेपानीको सदुपयोग गर्दै एकपटक प्रयोग गरेको पानीलाई पुन:प्रयोग गरि करेसाबारी र कृषिजन्य उत्पादनमा प्रयोग गर्नपर्नेमा उहाँले जोड दिनुभयो। विशालटार खानेपानीलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


साधारण सभामा देवचुली-९ का वडा अध्यक्ष बलिराम सापकोटा, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, कालिका माविका प्रधानाध्यापक नवराज घिमिरे, सामाजिक व्यक्तित्व कृष्णबहादुर आले, रामप्रसाद पन्त, दिपक भट्टराई, घुमाउरी सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष पार्वती रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष भरतराज आचार्यले निति तथा कार्यक्रम,प्रगति प्रतिवेदन, कोषाध्यक्ष वि माया मगरले आर्थिक प्रतिवेदन र लेखा संयोजक उमाकान्त भुसालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको बन्द सत्रले साधारणम्क प्रस्तुत गरिएको ३२ बुँदे नीति तथा कार्यक्रममा छलफल गरि निर्णय गरिएको संस्थाका अध्यक्ष भरतराज आचार्यले जानकारी दिनुभयो ।

विशालटार खानेपानीले देवचुली नगरपालिका वडा नम्बर ९ का ६ सय घर परिवारलाई खानेपानीको वितरण गर्दै आइरहेको छ । साधारण सभाको उदघाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव तुलसी अर्यालले गर्नुभएको थियो ।

Write your Comment