

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पुस २६ गते साधारण सभा हुने भएको छ। पुस २६ गते शनिबार संस्थाले २७ औं साधारण सभा कालिका माध्यमिक विद्यालय परिसर हुने संस्थाका अध्यक्ष भरत आचार्यले जानकारी दिनुभयो।
आचार्यका अनुसार देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा साधारण सभा बिहान १० बाट सुरु हुने बताउनुभयो । संस्थाको साधारण सभाका लागि उपभोक्ता,शुभेच्छुक र अतिथिहरुलाई पत्राचार गरि सकिएको र सम्बन्धितलाई खबर नभएमा संस्थाको सूचना अनुसार उपस्थिति हुनका लागि उहाँले आग्रह आग्रह गर्नुभयो।

साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ को आम्दानी खर्च अनुमोदन, अध्यक्षको प्रतिवेदन तथा भावी योजना, सचिव, कोषाध्यक्ष र लेखा संयोजकको प्रतिवेदन लगायत विविध प्रस्तावहरु पेश हुने आयोजकले जानकारी दिए। विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ६ सय घरधुरीका ३ हजार भन्दा बढी उपभोक्ता रहेका छन् ।