आज:  २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026 Search
FLASH NEWS

देवचुलीमा पौष ३० गतेदेखि माघ २ गतेसम्म तेस्रो पिप्रहर माघी मेला हुने

    प्रकाशित २०८२ पौष २३, बुधबार (२ हफ्ता अघि)


देवचुली। देवचुली-१७, पिप्रहर गाउँमा तेस्रो पिप्रहर माघी मेला हुने भएको छ। पिप्रहर सामुदायिक होमस्टे ग्रामको आयोजनामा पौष ३० गतेदेखि माघको २ गतेसम्म देवचुली १७ पिप्रहर गाउँमा ३ दिनको तेस्रो माघी मेला आयोजना गर्न लागिएको हो।

ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न, स्थानीय रैथाने कृषि उत्पादन बढावा दिन, स्थानीय श्रम, सीपको सम्वर्द्धन गर्न, परम्परागत खानाका परिकारहरु बिक्री गरि स्वरोजगारलाई टेवा दिन, आय आर्जन तथा जिविकोपार्जनको विकास गर्न, परम्परागत खेलको संरक्षण गर्न, लोक संस्कृतिको जगेर्ना गर्न, स्थानीय कलाकारहरुलाई उजागर गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मेला मुल आयोजक समितिका अध्यक्ष पुर्णकला खोजवारले जानकारी दिनुभयो ।

मेलाको प्रमुख आकर्षकका रुपमा स्थानीय परम्परागत खानाका परिकार बिक्रीका लागि प्रदर्शन, मेला अवधिमा पुरुष तथा महिला भोदी खेल प्रतियोगिता, स्थानीय कला, संस्कृतिको प्रदर्शन,  स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा मनोरञ्जन प्रदान गरिने, विभिन्न उद्योग व्यवसायहरुको उत्पादन बिक्रीका लागि प्रदर्शन, मेलाको अवधिमा होटल,होमस्टे तथा रेष्टुरेन्टहरुमा अग्रिम बुकिङ्ग गरि आउने पाहुनालाई विशेष छुट प्रदान गरिने, मेला अवधिभर जंगल सफारीको लागि अग्रिम बुकिङ्ग गर्नेहरुलाई विशेष छुट दिईने लगायत रहेको मेला आयोजक समितिका सल्लाहकार रिमबहादुर आलेले बताउनुभयो । उहाँका अनुसार मेलामा नि:शुल्क प्रवेश गर्न पाइनुका साथै पार्किङ समेत नि:शुल्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।

तीन दिनसम्म संचालन हुने मेलामा ९/१० हजार मानिसहरु मेलाको अवलोकनमा आउने आयोजकको आकलन छ। मेलाका लागि करिब १० लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जानकारी दिए। मेलामा स्थानीय समुदाय,स्थानीय व्यापारीहरु व्यक्तिगत वा समुहगत रुपमा व्यापारिक काममा संलग्न हुने लक्ष्य राखिएको छ।

Write your Comment