

देवचुली । देवचुली नगरपालिकामा जारी पाँचौं देवचुली मेयर कप फुटबल प्रतियोगिता अन्तरगत देवचुली-१५ फाइनल प्रवेश गरेको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा तथा खेलकुद विकास समिति देवचुली-१ को सह आयोजनामा देवी गैरा खेलमैदान देवचुली-१ मा भएको खेलमा देवचुली-१५ विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तरगत मंगलबार देवचुली- ११ र देवचुली- १५ बिच भएको खेलमा देवचुली-१५ ले देवचुली- ११ लाई ट्राइबेकरमा ६-५ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोल रहित बराबरी भएपछी खेल ट्राइबेकरमा गएको थियो। खेलमा देवचुली- १५ का गोलरक्षक आकाश तामाङ म्यान अफ दि म्याच भएका थिए ।
देवचुली नगरपालिका भित्रका १५ वडाका १६ टिमबीच प्रतिष्पर्धा रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १हजार १११ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ५० हजार १११ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिता अन्तरगत बुधबार देवचुली- १ निलोका विरुद्ध देवचुली- ७ बिच दोस्रो सेमिफाइनल खेल हुने वडा युवा तथा खेलकुद विकास समिति देवचुली-१ का अध्यक्ष प्रदीप काफ्लेले जानकारी दिनुभयो । प्रतियोगिताको सागर डिस्टिलरी मुख्य प्रायोजक र दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह विशेष सहयोगी रहेका छन् ।