आज:  २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026 Search
FLASH NEWS

पाँचौं देवचुली मेयर कप फुटबल प्रतियोगिता : देवचुली-१ निलो सेमिफाइनल प्रवेश

    प्रकाशित २०८२ पौष २०, आईतबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा जारी पाँचौं देवचुली मेयर कप फुटबल प्रतियोगिता अन्तरगत देवचुली-१ निलो सेमिफाइनल प्रवेश गरेको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा तथा खेलकुद विकास समिति देवचुली-१ को सह आयोजनामा देवी गैरा खेलमैदान देवचुली-१ मा भएको खेलमा देवचुली-१ निलो विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।


प्रतियोगिता अन्तरगत आइतबार देवचुली- १ निलो र देवचुली- १२ बिच भएको खेलमा देवचुली-१ निलोले देवचुली- १२ लाई ५-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा देवचुली-१ निलोका सुमन ओझा र सन्दीप मल्लले २/२ गोल र निशान थनेतले १ गोल गरेका थिए । खेलमा देवचुली- १ निलोका सुमन ओझा म्यान अफ दि म्याच भएका थिए ।

देवचुली नगरपालिका भित्रका १५ वडाका १६ टिमबीच प्रतिष्पर्धा रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १हजार १११ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ५० हजार १११ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिनेछ ।


प्रतियोगिता अन्तरगत सोमबार देवचुली- ५ का विरुद्ध देवचुली- ७ बिच खेल हुने वडा युवा तथा खेलकुद विकास समिति देवचुली-१ का अध्यक्ष प्रदीप काफ्लेले जानकारी दिनुभयो । प्रतियोगिताको सागर डिस्टिलरी मुख्य प्रायोजक र दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह विशेष सहयोगी रहेका छन् ।

Write your Comment