आज:  २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026 Search
FLASH NEWS

दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा पवनकुमार बुढाथोकी निर्वाचित

    प्रकाशित २०८२ पौष २०, आईतबार (२ हफ्ता अघि)


देवचुली । दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा पवनकुमार बुढाथोकी निर्वाचित भएका छन् । संस्थाको नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनबाट बुढाथोकीले निकटतम प्रतिष्पर्धी तिलप्रसाद पाठकसँग २०७ मत अन्तरले विजय भएका हुन् । २४८९ जना मतदाता रहेको दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा १७३० मत खसेको थियो । अध्यक्षमा निर्वाचित पवनकुमार बुढाथोकीले ७१७ मत ल्याई विजयी हुँदा निकटतम प्रतिष्पर्धी तिलप्रसाद पाठकले ५१० मत र अर्का अध्यक्षका उम्मेदवार पुरुषोतम गैरेले ३९७ मत ल्याएका हुन् ।

संस्थाको उपाध्यक्षमा पृथ्वी सारु विजयी भएका छन् । सारुले ५७४ मत ल्याई विजयी हुँदा निकटतम प्रतिष्पर्धी महेन्द्रकान्त पौडेलले ५०२ मत ल्याएका हुन् । सचिवमा सुरेन्द्र आचार्य विजयी भएका छन् । आचार्यले ५४३ मत ल्याई विजयी हुँदा निकटतम प्रतिष्पर्धी युवराज वाग्लेले ५३३ मत ल्याएका हुन् । कोषाध्यक्षमा प्रेमाकुमारी खनाल विजयी भएकी छन् । खनालले ५५६ मत ल्याई विजयी हुँदा निकटतम प्रतिष्पर्धी कान्ता पोखरेलले ४९३ मत ल्याएकी हुन् ।

त्यसै गरि लेखा संयोजकमा रिपुबहादुर अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५८३ मत ल्याई विजयी हुँदा निकटतम प्रतिष्पर्धी भेषराज न्यौपानेले ४७४ मत ल्याएका हुन् । महिला लेखा सदस्यमा मिनाकुमारी राई विजयी भएकी छन् । राईले ५३१ मत ल्याई विजयी हुँदा निकटतम प्रतिष्पर्धी सरस्वती सिग्देलले ५२६ मत ल्याएकी हुन् । लेखा सदस्य खुल्लामा गोपाल लम्साल विजयी भएका छन् । लम्सालले ५१७ मत ल्याई विजयी हुँदा निकटतम प्रतिष्पर्धी बालकृष्ण कंडेलले ४९६ मत ल्याएका हुन् ।

त्यसै गरि ब्लक १ सदस्यमा रुपनारायण महतो, ब्लक २ सदस्यमा टीकाराम भण्डारी, ब्लक ३ सदस्यमा हरिप्रसाद सुवेदी, ब्लक ४ सदस्यमा सावित्रा आचार्य, ब्लक ५ सदस्यमा प्रेमनारायण सिग्देल, ब्लक ६ सदस्यमा कमला रुचाल, ब्लक ७ सदस्यमा खुमनाथ लम्साल, ब्लक ८ सदस्यमा गोमा तिवारी र ब्लक ९ सदस्यमा कृष्णदत्त तिवारी विजयी भएका छन् ।

संस्थाको अध्यक्षसहित उपाध्यक्ष, सचिव, खुल्ला लेखा सदस्य पवनकुमार बुढाथोकीको प्यानलबाट निर्वाचित भएका हुन् । बुढाथोकीको प्यानलबाट ब्लक १, ब्लक ४, ब्लक ७ र ब्लक ९ सदस्य निर्वाचित भएका छन् भने तिलप्रसाद पाठक प्यानलबाट कोषाध्यक्ष, लेखा संयोजक, महिला लेखा सदस्य, ब्लक २, ब्लक ३, ब्लक ६ र ब्लक ८ सदस्य निर्वाचित भएका छन् । त्यसै गरि पुरुषोतम गैरे प्यानलबाट ब्लक ५ सदस्य निर्वाचित भएका हुन् ।

Write your Comment