

देवचुली । दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न छ । संस्थाको १६ पदका लागि ४६ जना उम्मेदवारहरु प्रतिष्पर्धामा रहेका छन् । बिहान ८:३० बजेबाट नेपाल माविको प्राङ्गणमा सुरु भएको निर्वाचन दिउँसो ३ बजेसम्म संचालन भएको थियो ।
२४८९ जना मतदाता रहेको दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा १७३० मत खसेको छ । शनिबार भएको निर्वाचनमा कुल मतदाताको ६९.५० प्रतिशत मत खसेको हो। मतगणना केही समय पछि सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
संस्थाको अध्यक्षका लागि तिलप्रसाद पाठक, पुरुषोत्तम गैरे र पवनकुमार बुढाथोकी प्रतिष्पर्धामा रहेका छन् । संस्थाको उपाध्यक्ष पदका लागि टेकबहादुर दर्लामी, महेन्द्रकान्त पौडेल र पृथ्वी सारु, सचिवमा युवराज वाग्ले, देवीप्रसाद दुवाडी र सुरेन्द्र आचार्य, कोषाध्यक्षमा प्रेमाकुमारी खनाल, हुममाया अधिकारी र कान्ता पोखरेल उम्मेदवार रहेका छन् । त्यसै गरि ब्लक नम्बर १ बाट सदस्यमा शान्ता पोखरेल, कमलकान्त पौडेल र रुपनारायण महतो, ब्लक नम्बर २ बाट सदस्यमा टीकाराम भण्डारी, शान्ती सार्की र कमला थापा, ब्लक नम्बर ३ बाट सदस्यमा हरिप्रसाद सुबेदी, तुलसी गौतम र गीता क्षेत्री, ब्लक नम्बर ४ बाट सदस्यमा माधवी दरै, सितादेवी खडका र सावित्रा आचार्य, ब्लक नम्बर ५ बाट सदस्यमा गोविन्द प्रसाद खनाल, प्रेमनारायण सिग्देल र लिलाम्बर लम्साल, ब्लक नम्बर ६ बाट सदस्यमा कमला रुचाल र राजु दमाई, ब्लक नम्बर ७ बाट सदस्यमा जीवन सिग्देल, बलराम पुरी र खुमनाथ लम्साल, ब्लक नम्बर ८ बाट सदस्यमा गोमा तिवारी, रिता किजिम मगर र धनकुमारी आचार्य, ब्लक नम्बर ९ बाट सदस्यमा गोविन्द भण्डारी र कृष्णदत्त तिवारी उम्मेदवार रहेका छन् ।
संस्थाको लेखा संयोजकमा रिपुबहादुर अधिकारी, यमनाथ बस्ताकोटी र भेषराज न्यौपाने उम्मेदवार रहेका छन् । लेखा महिला सदस्यमा मिनाकुमारी राई, जौमाया थापा र सरस्वती सिग्देल, लेखा खुल्ला सदस्यमा बालकृष्ण कंडेल, रेशमलाल पोख्रेल र गोपाल लम्साल उम्मेदवार रहेका छन् । संस्थाको निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र प्रत्येक ब्लकबाट १/१ जना सदस्य चयन गरिने र लेखा समितिको संयोजक सहित महिला सदस्य र खुला सदस्य १/१ जन चयन हुने निर्वाचन समितिका संयोजक शिवप्रसाद देवकोटाले जानकारी दिनुभयो ।