आज:  २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026 Search
FLASH NEWS

देवचुली नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

    प्रकाशित २०८२ पौष १८, शुक्रबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकाको हिउँदे अधिवेशन चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधन सहित सम्पन्न भएको छ । नगरसभाले नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तुत गरेको विभिन्न प्रस्तावहरु पारित गरेको छ । शुक्रबार नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफल पछि नगर सभा सदस्यहरुले नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तावको पक्ष र विपक्षमा मत राख्न गरेको आह्वानमा नगरसभा सदस्यले हुन्छ भन्ने मत राखेसँगै प्रस्तावहरु सर्वसम्मत पारित भएको नगरप्रमुख न्यौपानेले सभामा जानकारी गराउनुभयो ।

नगर उपप्रमुख पार्वता तिवारीले सभामा चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षको हालसम्मको वित्तिय प्रगति समीक्षा समेत प्रस्तुत गर्नुभएको थियो । उप प्रमुख तिवारीले हालसम्मको नगरपालिकाबाट विभिन्न शाखाबाट भएका ४० बुँदे प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

नगर सभाको छ्लफलमा नगर सभा सदस्यहरुले विभिन्न कार्यक्रम तथा बजेटमाथि जिज्ञासा राख्नुभएको थियो । उठेका सवालहरु माथि देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, नगर उपप्रमुख पार्वता तिवारी र प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले प्रष्ट पार्नुभएको थियो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको सभाको प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment