आज:  २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026 Search
FLASH NEWS

पाँचौं देवचुली मेयर कप फुटबल प्रतियोगिता : बिहीबार देवचुली- ५ र देवचुली-१२ विजयी

    प्रकाशित २०८२ पौष १७, बिहिबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा जारी पाँचौं देवचुली मेयर कप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार देवचुली- ५ र देवचुली- १२ विजयी भएका छन् । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा तथा खेलकुद विकास समिति देवचुली-१ को सह आयोजनामा देवी गैरा खेलमैदान देवचुली-१ मा भएको खेलमा देवचुली- ५ र देवचुली- १२ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।


प्रतियोगिता अन्तरगत बिहीबार देवचुली- २ र देवचुली- १२ बिच भएको पहिलो खेलमा देवचुली-१२ ले देवचुली- २ लाई १-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो। खेलमा देवचुली- १२ का इभान सारु म्यान अफ दि म्याच भएका थिए ।

बिहीबार नै भएको दोस्रो खेलमा देवचुली- १३ लाई ३-१ गोल अन्तरले हराउँदै देवचुली- ५ दोस्रो चरणमा प्रवेश गरेको हो । खेलमा देवचुली- ५ का प्रदिप तिवारीले २ गोल र सौगात मगरले १ गोल गरेका थिए भने देवचुली- १३ का निश्चल सापकोटाले १ गोल गरेका थिए । दोस्रो खेलमा देवचुली- ५ का सौगात मगर म्यान अफ दि म्याच भएका थिए ।


देवचुली नगरपालिका भित्रका १५ वडाका १६ टिमबीच प्रतिष्पर्धा रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १हजार १११ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ५० हजार १११ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता अन्तरगत शुक्रबारबार दोस्रो चरणको खेल सुरु हुने र शुक्रबार देवचुली- १ रातोका विरुद्ध देवचुली-१५ बिच खेल हुने वडा युवा तथा खेलकुद विकास समिति देवचुली-१ का अध्यक्ष प्रदीप काफ्लेले जानकारी दिनुभयो । प्रतियोगिताको सागर डिस्टिलरी मुख्य प्रायोजक र दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह विशेष सहयोगी रहेका छन् ।

Write your Comment